काठमाडौँ, १५ फाल्गुन । चर्चित अभिनेता एवम् मोडल पल शाहलाई ७ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत तनहुँले पहिलोपटक ७ दिनको म्याद दिएको हो।
बलात्कार आरोपमा जाहेरी दर्ता भएपछि नायक शाह आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफैं उपस्थित भएका थिए। चार दिनदेखि प्रहरीले खोजी गरिरहेको भए पनि उनलाई पक्राउ गर्न सकेको थिएन।
