पहलमानपुर, १४ फागुन ।। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को घोडाघोडी नगर भेला तथा प्रशिक्षण कार्यक्रम शनिवार सुखडमा सम्पन्न भएको छ ।
सो संगठनका घोडाघोडी नगर कमिटी अध्यक्ष प्रेम बोगटीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) घोडाघोडी नगर कमिटी उपाध्यक्ष गणेश बिष्ट रहेका थिए भने बिशिष्ट अतिथी अनेरास्ववियू (क्रान्तिकारी) निर्बाचन आयोग केन्द्रिय सदस्य सावित्रा आचार्य रहेकी थिईन् ।
घोडाघोडी बहुमुखी क्याम्पस ईकाई कमिटी अध्यक्ष गोपाल प्रसाद रेग्मीको स्वागत मन्तब्य संगै सुरु भएको भेला तथा प्रशिक्षण कार्यक्रममा पार्टीका विद्यार्थी फ्याक्सन ईन्चार्ज मान प्रसाद आचार्य लगायतका नेताहरुले विद्यार्थीलाई पछिल्लो राजनैतिक घट्ना क्रम र पार्टीको भावी गणनितिको बारेमा प्रशिक्षण गरेका थिए ।
घोडाघोडी नगरपालिकाका विभिन्न बिद्यालयहरुका अध्ययनरत विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको उक्त कार्यक्रमको संचालन सचिव सन्तोष रानाले गरेका थिए ।
