पहलमानपुर, १३ फागुन ।। नेकपा (माओवादी केन्द्र) घोडाघोडी नगरपालिका वडा नं. ११ स्थित मुर्गाहुवा टोलको अध्यक्षमा दयाराम चौधरी चयन भएका छन् ।
बिहिवार भएको सो पार्टी समर्थक गाउँलेहरुको भेलाले चौधरीलाई निर्बिरोध टोल कमिटी अध्यक्षमा चयन गरेको हो । उक्त टोल कमिटीको उपाध्यक्षमा राजबहादुर चौधरी, सचिवमा जिवन चौधरी, सहसचिवमा सन्तोष चौधरी र कोषाध्यक्षमा सुनिता चौधरी चयन भएका छन् ।
यस्तै २९ सदस्य टोल कमिटीको सदस्यहरुमा गणेश बिष्ट, हर्ष बहादुर चौधरी, सिताराम चौधरी, छोटेलाल चौधरी, माया देवि चौधरी, रिता चौधरी थारु, अनिता चौधरी, वाल कृष्ण चौधरी, राम बहादुर चौधरी, बिष्णुकान्त चौधरी, छेदुराम चौधरी, अनिल चौधरी, खुशिराम चौधरी, हिरा चौधरी, गुरु दयाल चौधरी, चन्द्र बहादुर चौधरी लगायत रहेका छन् ।
कार्यक्रममा आफ्नो बिचार राख्दै नवनिर्वाचित टोल कमिटी अध्यक्ष दयाराम चौधरीले भने माओवादी पार्टीले गर्दा नै हामी जस्ता सिधासाधा जनताहरु कसैको डरत्रास नमानिकन बोल्ने अवसर पाएका छौं । यो पार्टी नभएको भए गरिव, पछाडि परेको समुदाय अझै पनि शोषक, शामन्तीका अगाडि शिर निहुराएर बस्नु पर्ने अवस्था हुने थियो । त्यसैले पछाडि परेको बर्ग, समुदाय र क्षेत्रको अधिकार प्राप्तीका निम्ति वास्तवमै निरन्तर संघर्ष गरिरहेको पार्टीलाई पहिचान गरि स्थानिय निर्बाचनमा सहभागि हुन आवश्यक छ उनले भने ।
टोल कमिटी गठन वडा कमिटी अध्यक्ष जितेन्द्र कुवंरको अगुवाई तथा पार्टीका अन्य कार्यकर्ताहरुको सक्रियतामा भएको हो ।
