Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

माओवादी केन्द्र घोडाघोडी ११ सिसैया (पुर्व) टोलको अध्यक्षमा छेदालाल कठरिया

0

पहलमानपुर, १२ फागुन ।। नेकपा (माओवादी केन्द्र) घोडाघोडी नगरपालिका वडा नं. ११ स्थित सिसैया (पुर्व) टोलको अध्यक्षमा छेदालाल कठरिया चयन भएका छन् ।

बिहिवार भएको सो पार्टी समर्थक गाउँलेहरुको भेलाले कठरियालाई निर्बिरोध टोल कमिटी अध्यक्ष चयन गरेको हो । उक्त टोल कमिटीको उपाध्यक्षमा शिव नारायण कठरिया, सचिवमा सत्य नारायण कठरिया, सहसचिवमा सिता कुमारी कठरिया र कोषाध्यक्षमा सिता चौधरी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा यम बहादुर कठरिया, दयाराम कठरिया, राम लौटन कठरिया, मिना देवि चौधरी, अनिता देवि कठरिया, लैंचि कुमारी कठरिया, सुनिल कठरिया, कमला कठरिया, राम बिलाश कठरिया, धर्मेन्द्र कठरिया लगायत रहेका छन् ।

कार्यक्रममा आफ्नो बिचार राख्दै नवनिर्वाचित टोल कमिटी अध्यक्षले भने माओवादी पार्टीले गर्दा नै हामी जस्ता सिधासाधा जनताहरु कसैको डरत्रास नमानिकन बोल्ने अवसर पाएका छौं । यो पार्टी नभएको भए गरिव, पछाडि परेको समुदाय अझै पनि शोषक, शामन्तीका अगाडि शिर निहुराएर बस्नु पर्ने अवस्था हुने थियो । त्यसैले पछाडि परेको बर्ग, समुदाय र क्षेत्रको अधिकार प्राप्तीका निम्ति वास्तवमै निरन्तर संघर्ष गरिरहेको पार्टीलाई पहिचान गरि स्थानिय निर्बाचनमा सहभागि हुन आवश्यक छ उनले भने ।

टोल कमिटी गठन वडा कमिटी अध्यक्ष जितेन्द्र कुवंरको अगुवाई तथा पार्टीका अन्य कार्यकर्ताहरुको सक्रियतामा भएको हो ।

School
टिप्पणीहरू
Loading...