Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

मतदाता परिचय पत्र हराएकाले २० फागुनसम्म निवेदन दिन सक्ने

0

काठमाडौँ, ९ फागुन । मतदाता परिचयपत्र हराएको नागरिकले २० फागुनभित्र निवेदन दिन सक्ने व्यवस्था रहेको छ । जिल्ला निर्वाचन कार्यालय लमजुङमा आएर निवेदन दिन सक्ने कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख, जिल्ला निर्वाचन अधिकारी सृजना मिश्रका अनुसार परिचयपत्र हराएमा, च्यातिएमा वा नष्ट भएको हकमा कार्यालय आएर निवेदन दिन सकिनेछ ।कार्यालयमा आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता, मतदाता परिचयपत्रमा उल्लेख भएको नम्बर ल्याउनुपर्नेछ ।

मतदाता परिचयपत्र नबुझिने गरी च्यातिएको भए सोही परिचयपत्र पनि ल्याउनुपर्ने कार्यालयले जनाएको छ । कार्यालयले जिल्लाका सक्रिय राजनीतिक दल, सरोकारवालालाई उक्त जानकारी गराइसकेको छ । अब चार नगरपालिका र चार गाउँपालिकामार्फत नागरिकलाई जानकारी गराइने सूचना अधिकारी जिबाखर शर्माले बताए ।  कार्यालयका अनुसार लमजुङमा ११ महिनामा नौ हजार ६ सय ६० नयाँ मतदाता दर्ता भएका छन् । ०७७ चैतदेखि ०७८ को २४ माघसम्म उक्त संख्यामा मतदाता थपिएका हुन् ।

महिला मतदाता दर्ता चार हजार ३२ र पुरुष मतदाता दर्ता पाँच हजार ६ सय २८ रहेका छन् । बाहिरी जिल्लाका एक सय एक मतदाता दर्ता भएका छन् । महिला २५ जना र पुरुष मतदाता ७६ जनाको दर्ता भएको कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा भइरहेको मतदाता नामावली दर्ता कार्य स्थानीय तह निर्वाचन घोषणासँगै निर्वाचन आयोगको निर्देशनअनुसार स्थगन गरिएको छ । १६ वर्ष उमेर पूरा भएपछि मतदाता दर्ता गर्न सकिने छ । १८ वर्ष उमेर पूरा भएकाले मतदान गर्न सकिने व्यवस्था छ । ३० वैशाख ०७९ मा सम्पन्न हुने स्थानीय निर्वाचनमा २४ माघ ०७८ भित्र मतदाता नामावलीमा नाम दर्ता गर्नेले मत हाल्न पाउने छन् ।

School
टिप्पणीहरू
Loading...