Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

स्थानीय तहका जनप्रतिनिधिले पदबाट राजीनामा दिएपछि मात्रै उम्मेदवार बन्न पाउने 

0

काठमाडौं, ५ फागुन ।। स्थानीय तहका जनप्रतिनिधिले दोस्रो पटक स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि पदवाट राजिनामा दिनुपर्ने भएको छ । पदमा बहाल रहेको अवस्थामा उम्मेदवारी दिन नपाउने भएका कारण पदबाट राजीनामा दिनुपर्ने भएको हो ।

पदबाट राजीनामा दिएपछि मात्रै जनप्रतिनिधिले दोस्रो कार्यकालका लागि उम्मेदवार बन्न पाउने भएका छन् । स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्थालाई आयोगले निर्वाचन आचार संहितामा पनि समावेश गरेको हो ।

आचारसंहिताको मस्यौदामा बहालवाला जनप्रतिनिधिहरू स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था छ ।

अहिलेका जनप्रतिनिधि पदमा बहाल भएको अवस्थामा मतदातालाई प्रभावित पार्न योजना र बजेटमा चलखेल गर्ने र अनि स्थानीय तहको शक्ति र पहुँचको पनि दुरुपयोग गर्ने जोखिम देखिएको निर्वाचन आयोग उच्च स्रोतले बताएको छ ।

आयोगले आन्तरिक रुपमा निर्माण गरिसकेको मस्यौद केही दिनमा प्रमाणिकरण गर्ने तयारी छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १३ मा तीनवटै तहमध्ये कुनैको स्वामित्व, नियन्त्रण वा अनुदान पाउने गरी पदमा बहाल रहेको वा संस्थाबाट पारिश्रमिक लिने व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था छ ।

त्यही व्यवस्था अनुसार आचारसंहितामा राजीनामाको व्यवस्था गरिएको हो । निर्वाचन आयोगले सुरु गरेको यस्तो मापदण्डले एकदेखि तीन सातासम्म स्थानीय तहका कतिपय पदहरू जनप्रतिनिधिविहीन हुने जोखिम बढ्छ ।

पदमा बहाल रहेका सबै जनप्रतिनिधिहरू फेरि दोर्होयाएर उम्मेदवार बन्न चाहेमा राजीनामाका कारण स्थानीय तह रिक्त नै हुन्छ । 

School
टिप्पणीहरू
Loading...