Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ल्यापटप

0

भक्तपुर, २ फागुन ।। एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ल्यापटप वितरण गरिएको छ ।  भक्तपुरको सूर्यविनायक नगरपालिकाले २०७७ को माध्यामिक शिक्षा परीक्षा (एसईई) मा उत्कष्ट नम्बर ल्याउने १३ जना विद्यार्थीलाई ल्यापटप वितरण गरेको हो ।

सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा विद्यार्थीहरुलाई ल्यापटप वितरण गरिएको नगरपालिकाकी शिक्षा तथा युवा खेलकुद शाखाकी उपनिर्देशक सरस्वती कोइरालाले जानकारी दिइन् ।

उनले नगर भित्रका १० वटा माध्यामिक विद्यालयबाट सबैभन्दा बढी अंक ल्याएर पास गर्ने प्रत्येक विद्यार्थीलाई ल्यापटप वितरण गरिएको बताइन् ।

सामुदायीक विद्यालयप्रति विद्यार्थीलाई आकर्षण गर्न र सामुदायीक विद्यालयमा दिइने गुणस्तरीय शिक्षाको सकारात्मक सन्देश ल्यापटप विरतण गरिएको नगरपालिकाले जनाएको छ ।

School
टिप्पणीहरू
Loading...