Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

ट्रकको ठक्करबाट माओवादी सुदूरपश्चिम प्रदेश सदस्य चलाउने घाइते

0

कैलाली, २ फागुन ।। ट्रकले स्कुटीलाई ठक्कर दिंदा नेकपा माओवादी सुदूरपश्चिम प्रदेश सदस्य दुर्गा चलाउने घाईते भएकी छिन् ।

मोहना–अत्तरिया ६ लेन सडक अन्तरगत राजपुरमा सुपप्र ०१००१ ख २९७५ नम्बरको ट्रकले चलाउने सवार बा ३०१८ प ३४७० नम्बरको स्कुटीलाई ठक्कर दिंदा उनी घाइते भएकी हुन् ।

घाइते चलाउनेको टाउको र खुट्टामा चोट लागेको र उनको धनगढीमा रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

चलाउने कैलालीको घोडाघोडी नगरपालिका निवासी हुन ।

School
टिप्पणीहरू
Loading...