Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीको घोडाघोडीमा माओवादीले मनायो जनयुद्ध दिवश

0

पहलमानपुर, १ फागुन ।। कैलालीको घोडाघोडीमा जनयुद्ध दिवश मनाईएको छ । नेकपा माओवादी केन्द्र घोडाघोडी नगर कमिटीले जनयुद्ध दिवस मनाएको हो ।

पार्टी नगर कमिटी उपाध्यक्ष कर्ण बोहराको सभापतित्वमा भएको जनयुद्ध विशेष कार्यक्रमका प्रमुख अतिथी सो पार्टीका प्रदेश कमिटी सदस्य नैन बहादुर चौधरी ‘विवेक’, विशिष्ट अतिथी प्रदेश कमिटी सदस्य द्धय खुसिराम चौधरी ‘भिमसेन’, लक्ष्मण चौधरी ‘सुयोग’ लगायत नगर भित्रका १२ वटै वडाका नेता, कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । यस्तै दिवसकै अवसर पारेर  आज सुखड बजारमा दिप प्रज्वलन गरिएको छ ।

०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको थियो । २०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरी चौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको हो । उक्त युद्ध १० वर्षपछि विस्तृत शान्ति सम्झौता मार्फत टुंगिएको थियो ।

School
टिप्पणीहरू
Loading...