अत्तरिया – कैलालीको भासु भीरमा ट्रक खसेको छ । सिमेन्ट लगेर पहाड तर्फ गईरहेको लु २ ख ७२५ नम्बरको ट्रक आईतबार बिहान भासु भीरमा खसेको हो ।
ट्रक भिरबाट २ सय ५० मिटर तल खसेको भएपनि चालक खगेन्द्र बोहरा सकुशल रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।
ट्रकमा चालक मात्रै रहेको प्रहरीले जनाएको छ । घटनाको बिस्तृत विवरण नआएको प्रहरीले जनाएको छ ।
