Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

एकलौटी कार्यसमिति चयन गरिएको भन्दै प्रेस चौतारी कैलालीको अधिवेशन बहिस्कार

0

कैलाली, २५ माघ ।। प्रेस चौतारी कैलालीको अधिवेशनमा बिवाद उत्पन्न भएको छ। प्रेस चौतारी नेपाल कैलालीको सातौँ जिल्ला अधिबेशनमा अध्यक्ष लगायतले एकलौटी ढंगले अघि बढेपछि अध्यक्षका आकान्छी लम्किका कृष्ण थापा, उपाध्यक्षका आकान्छी पदमराज ओझा, सचिवका उम्मेदवार धुर्ब ओझा तथा जीवन विष्ट लगायतले अधिवेशनको बन्दसत्र बहिस्कार गरेका हुन्।

संगठनको मूल्य र मान्यता बिपरित एकलौटी ढंगबाट गएपछी बहिष्कार गरेर बाहिर निस्केको सचीवका आकान्छी जीवन विष्टले बताए । सबै सदस्यको मुल्यांकन हुने न गरि आफ्ना नजिककालाइ मात्रै संगठनमा ल्याउन थालेपछी बन्दसत्र बहिष्कार गरेको विष्टले बताए।

बन्दसत्रको सयोजक गोबिन्द रोश्याराले कसैको कुरा न सुनी बन्दसत्रमा नाम घोषणा गरेपछि आफुहरु बहिष्कार गरेर बाहिरीएको सचीवका आकान्छी धुर्ब ओझाले बताए । संगठनको मान्यता बिपरित सयोजकले आफ्ना कुरा नै न सुनी एकलौटी किसिमले टिम घोषणा गरेको भन्दै उनले आपत्ति जनाएका छन्। एकलौटी किसिमले बनाएको संगठनलाई न मान्ने उनले बताएका छन् ।

यी आकान्छिका कुरै न सुनी प्रेस चौतारीले टिम घोषणा गरेको छ । चौतारीको भेलाले अध्यक्षमा भानुभक्त आचार्य, उपाध्यक्षमा निराजन परियार, सचीवमा जनक बिस्ट, कोशाध्यक्ष्यमा लोकु शिहं ठकुरी तथा सह-सचिवमा प्रेम विष्टलाइ चयन गरेको छ ।

School
टिप्पणीहरू
Loading...