Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कृष्णपुरबाट चरेस सहित एक जना पक्राउ

0

कञ्चनपुर, १९, माघ ।। कञ्चनपुरको कृष्णपुरबाट चरेस सहित एक जना पक्राउ परेका छन । कृष्णपुर नगरपालिका – ६ मौरीफाँटाबाट चरेश सहित ३० बर्षिय रमेश लुहार पक्राउ परेका हुन ।

बेचबिखनका लागि घरमा लागुपदार्थ राखेको गोप्य सूचनाका आधारमा खानतलासी गर्दा ३ सय ६० ग्राम चरेस पलङ मुनि लुकाएर राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताएका छन् ।

उनका अनुसार इलाका प्रहरी कार्यालय गुलरीयाको टोलीले चरेससहित लुहारलाई पक्राउ गरेको हो । पक्राउ परेका लुहारमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

facebook sharing button
messenger sharing button
sharethis sharing button
School
टिप्पणीहरू
Loading...