Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

एमालेका सबै कार्यक्रम स्थगित

0

काठमाडौं, ५ माघ ।। कोभिड–१९ को महामारी पुनः बढेको सन्दर्भमाा नेकपा (एमाले) ले पार्टी र जनसङ्गठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गरेको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले पार्टीका प्रदेश र जिल्ला अध्यक्षलाई आज पत्राचार गर्दै कोभिड–१९ को तेस्रो लहरसम्बन्धी नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकललाई ध्यानमा राखेर मातहतका पार्टीका कार्यालय सञ्चालन गर्न आग्रह गरे। 

पार्टीका आन्तरिक बैठक, भेला, छलफल जस्ता कार्यक्रम आवश्यक सतर्कता अपनाई आयोजना गर्न र स्थानीय नेता–कार्यकर्ता र जनप्रतिनिधिले महामारी विरुद्ध आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहन पनि एमालेले आग्रह गरेको छ।

एमालेले यही माघभित्र सबै प्रदेशमा अधिवेशन र आगामी फागुन मसान्तभित्र जनसङ्गठनका महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना अघि सारेकामा ती प्रभावित भएका छन्। गत पुस २३ गते हुन नसकेका जिल्ला अधिवेशनहरु करिब २० जिल्लाको अधिवेशन पनि पर सरेको छ।

School
टिप्पणीहरू
Loading...