पहलमानपुर, ४ माघ ।। कैलालीकाे घाेडाघाेडी नगरपालिका वडा नं. ११ सिसैया गाउँकाे भल्मन्सामा नरेश चाैधरी सर्बसहमत चयन भएका छन् । थारु समुदायकाे बाहुल्यता रहेकाे साे गाउँकाे भेलाले चाैकिदारमा सुन्दर चाैधरी र गाउँ सचिवमा पंडितराम कठरियालाई चयन गरेकाे हाे ।
यस्तै भल्मन्साकाे सल्लाहकारहरुमा उदय रावल, श्याम नरेश कठरिया, सिता देवि चौधरी, राम देवि कठरिया, लकन बहादुर चाैधरी, पहारी लाल चाैधरी, हरि लाल चाैधरी लगायत रहेका छन् । गाउँहरुले पुर्व भल्मन्सा हरि लाल चौधरी, सचिव नरेश चौधरी र चौकीदार शुसिल चौधरीलाई सम्मान सहित बिदाई गरेका हुन् । सिसैया गाउँकाे भेलालाई युवा समाजसेवि टिआर कठरियाले सहजिकरण गरेका थिए ।
थारु समुदायले माघी पर्व मनाउने क्रम गाउँमा नयाँ नेतृत्व चयनका लागि भुराखेल गर्ने गर्दछन् । सोहि क्रममा आजभोलि थारु गाउँ गाउँमा नयाँ नेतृत्व चयनको चहलपहल बढेको छ । माघी संगै थारु समुदायमा नयाँ आर्थिक बर्ष सुरु हुने गर्दछ ।
