Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीको घोडाघोडी नगरपालिका साक्षर घोषणा

0

कैलाली, २९ पुष ।। कैलालीको घोडाघोडी नगरपालिकालाई ‘साक्षर नगरपालिका’ घोषणा गरिएको छ । नगरपालिकाका १२ वटै वडाका ६० वर्ष भन्दा कम उमेरका ९८ प्रतिशत नागरिक साक्षर भएपछि बिहीबार नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको हो ।

एक समारोहकाबीच सुदूरपश्चिम प्रदेशका सांसद अमर बहादुर साउँदले नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरेका हुन । नेपाल सरकारको साक्षर नेपाल घोषण नीति बमोजिम घोडाघोडी नगरपालिकालाई साक्षर नगरपालिका घोषण गरिएको बताइएको छ ।

भव्य कार्यक्रम गरेर नगरलाई ‘साक्षर नगरपालिका’ घोषणा गर्ने कार्यक्रम भए पनि कोरोनाको कारणले गर्दा गर्न नसकिएको  शिक्षा शाखा प्रमुख उमेश राज रेग्मीले जानकारी दिए । शिक्षा विकास तथा समन्वय इकाई कैलालीले पनि चालु आर्थिक वर्षमै जिल्लालाई पूर्ण साक्षर घोषणा गराउने गरी तीव्र रूपमा काम अघि बढाइएको जनाइएको छ ।

कैलालीलाई २०६७ सालमै साक्षर जिल्ला घोषणा गराउने तयारी भए पनि हुन सकेको थिएन ।  कैलाली र कञ्चनपुरलाई आर्थिक वर्ष २०७६/७७ को जेठ मसान्तभित्रै साक्षर जिल्ला घोषणा गराउने स्थानीय तहहरूले प्रतिबद्धता व्यक्त गरे पनि कोरोना महामारीका कारण कार्यक्रम अघि बढ्न सकेको थिएन । सरकारले साक्षर घोषणाका लागि १२ वटा सूचक आधार बनाएको छ ।

सूचकमा राष्ट्रभाषा वा मातृभाषाका वर्णका अक्षरको पढाइ र लेखाइ गर्न सक्ने, राष्ट्रभाषा वा मातृभाषामा लेखिएको मुल्यसूचि र बिलको पढाइ, आफ्ना परिवारका नाम, उमेर लेखाइ र पढाइ, मोबाइल र क्यालकुलेटरका अकं र अक्षर चिनेर प्रयोग गर्न जान्ने , शून्यदेखि नौ सम्मका अकं अक्षर लेखाइ १ देखि १ सय सम्मका गणना, लेनदेनको राख्ने लगायतका सूचक रहेका छन् ।

 कार्यक्रममा उपस्थित सहभागीहरुले अब १४ वर्षे योजना बनाएर नगरपालिका सबै सामुदायिक तथा निजि विद्यालयको विकास तथा सुधार गरिनुपर्ने माग राखेका थिए। घोडाघोडी नगरपालिकाका नगर प्रमुखको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सांसद अमर बहादुर साउँद  रहेका थिए ।

त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सूर्य बहादुर थापा, उप प्रमुख प्रेम कुमारी थापा, प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंह, सामुदायिक सिकाई केन्द्रका संयोजक शिव प्रसाद ढकाल, सरोकारवालाहरू, शिक्षक, विद्यार्थीहरू लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो । 

School
टिप्पणीहरू
Loading...