Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

घोडाघोडीमा माघीको १ दिन मात्रै बिदा

0

पहलमानपुर, २९ पौष ।। कैलालीको घोडाघोडी नगरपालिकाले थारु समुदायको नयाँ बर्ष माघ (माघी) को एक दिन मात्रै बिदा दिने निर्णय गरेको छ । बिहिवार सो नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंह द्धारा जारी स्थानिय बिदा सम्बन्धि सुचनामा थारु समुदायको महानपर्व माघीको अवसरमा एक दिन बिदा दिने भनिएको छ ।

सुचनामा भोली शुक्रबार नगरपालिका भित्र रहेका सबै कार्यालय, संघ, संस्था तथा शिक्षण संस्थामा स्थानिय विदा दिने भनि नगर कार्यपालिकाले निर्णय गरेको छ । यस विषयमा थारु अगुवा, बुद्धिजिवीहरुले असन्तुष्टि ब्यक्त गरेका छन् ।

माघीको एक दिन मात्रै छुट्टी दिनु भनेको थारु समुदायको संस्कृति र संस्कार माथि आक्रमण गर्न खोज्नु हो । नगर प्रमुख थारु समुदायबाटै प्रतिनिधित्व गरेपनि माघी कति दिन मनाईंन्छ यस बिषयमा अनबिज्ञ हुनु दुखद भएको उनिहरुको तर्क छ ।

यस अघि कैलारी गाउँपालिका लगायतका पालिकाहरुले माघीको ३ दिन स्थानिय बिदा दिईसकेका छन् ।

inbound2110072227105198103
School
टिप्पणीहरू
Loading...