Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

‘बडे मिया छोटे मिया’ मा अक्षयको पारिश्रमिक १६० करोड

0

२६ पुस, काठमाडौं । बलिउडका दुई एक्सन स्टार अक्षय कुमार र टाइगर श्राफ एकसाथ ठूलो पर्दामा देखिँदैछन् । यी दुई कलाकारलाई लिएर निर्माता वासु भाग्नानीले नयाँ चलचित्र ‘बडे मिया छोटे मिया’ बनाउने तयारी गरेका छन् ।

यो चलचित्रका लागि बलिउडका दुई एक्सन किङले पारिश्रमिक पनि निक्कै महँगो लिएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अभिनेता अक्षय कुमारले यो चलचित्रका लागि १६० करोड भारु पारिश्रमिक लिएका छन् । यस्तै, चलचित्र ‘गणपथ’का दुई सिरिजका लागि ५० करोड पारिश्रमिक बुझेका अभिनेता टाइगर श्राफले यो चलचित्रका लागि भने ४० करोड पारिश्रमिक लिएका छन् ।

दुई अभिनेताको पारिश्रमिकमा मात्र २ सय करोड खर्च गरेका निर्माताले निर्देशक अली अब्बास जफरका लागि २५ करोड पारिश्रमिक तिरेका छन् ।

यो चलचित्रलाई एक्सन र कमेडी जनरामा निर्माण गर्ने जनाइएको छ । सन् १९९८ मा यही नाममा बनेको चलचित्रमा अमिताभ बच्चन र गोविन्दा मुख्य भूमिकामा थिए ।

School
टिप्पणीहरू
Loading...