Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

एमाले जिल्ला अधिवेशन : कार्यकर्ताबीच झडप भएपछि निर्वाचन सोमबारसम्म स्थगित

0

धनगढी, २५ पौष ।। नेकपा एमालेको कैलाली जिल्ला समितिको निर्वाचन प्रक्रिया सोमबारसम्मका लागि स्थगित भएको छ । अध्यक्षका दुई उम्मेदवार पक्षका कार्यकर्ताबीच झडप भएपछि निर्वाचन स्थगित भएको हो ।

अध्यक्ष पदका उम्मेदवारसमेत रहेका निवर्तमान अध्यक्ष रतन थापाले निर्वाचन समिति असक्षम भन्दै भाषण गर्दै नाराबाजी गरेपछि विवाद भएको थियो ।

विवादका क्रममा अध्यक्षका अर्का उम्मेदवार रणबहादुर थापा पक्षले जथाभावी बोलेर प्रतिनिधिहरूलाई भड्काउन नपाइने भन्दै विरोध गरेपछि दुवै पक्षबीच झडप भएको थियो ।

दुवै पक्षबीचको झडपपछि निर्वाचन समितिले भोलि बिहान ८ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको छ । एमालेको कैलाली जिल्ला समितिको अध्यक्षका लागि रतन थापा र रणबहादुर चन्द प्यानलसहित चुनावी मैदानमा छन् । 

School
टिप्पणीहरू
Loading...