एमाले कैलाली अधिवेशन स्थलमा तोडफोड
धनगढी – निर्वाचनको कार्यतालिका पटक–पटक सारिएको भन्दै नेकपा एमाले कैलालीको अधिवेशन स्थलमा तोडफोड गरिएको छ । चुनाव सारिएको बिषयमा भएको बिवादमा अध्यक्षका उम्मेदवार रतन थापा र अर्का उम्मेदवार रणबहादुर चन्द पक्षबीच बिवाद भएपछि दुवैपक्षका प्रतिनिधि तोडफोडमा उत्रिएका हुन ।
सहमति नभएपछि शनिबार नै आइतबार बिहानका लागि निर्वाचनको कार्यतालिका तोकिएको थियो । तर पछि कार्यतालिका सारिएपछि प्रतिनिधिहरुले मतदानमा ढिला भएको भन्दै आवाज उठाएका थिए । सोही बिषयमा बिवाद हुदाँ झडपको अवस्था नै श्रिजना भएको थियो ।
युवाहरुले मतदानका लागि बनाएका मतपेटिका फालिदिएका छन् भने र मतपत्र छरिदिएका छन् ।
