अनेरास्ववियु (क्रान्तिकारी) खप्तड बहुमुखी क्याम्पस ईकाई अध्यक्षमा सापकोटा चयन
२३ पुस, मसुरिया ।। अनेरास्ववियु (क्रान्तिकारी) सुदृढ अभियान अन्तर्गत शुक्रबार कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ७ स्थित खप्तड बहुमुखी क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारी ईकाई भेला सम्पन्न भएको छ । जिल्ला अध्यक्ष शिव राज संज्यालको प्रमुख अथितित्वमा भएको भेलाले मनोज सापकोटाको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरिएको छ ।
ईकाई पधाधिकारीहरुमा उपाध्यक्ष भगवती धामी, सचिव रन्जित चौधरी, सह-सचिव नारायण सापकोटा र कोषाध्यक्ष पारु गुरधामी रहेका छन् । कमिटीको सदस्यहरुमा गिता जनाला,पुजा जनाला, चादनी धामी, गोमा भट्ट, नन्दा कलेल, नरेश बोहरा,दीपक डशाल, दिपक जैगडी, रितु विक र हरि चौधरी चयन भएको ईकाई कमिटीका सहसचिव नारायण सापकोटाले जानकारी दिएका छन् । भेलाको समन्वय प्रेम बोगटी र प्रेम चौधरीले गरेका थिए ।
