Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

श्रीमतीकाे घाँटी थिचेर हत्या गरेकाे आराेपमा श्रीमान् पक्राउ

0

काठमाडौं, १९ पौष ।। रुकुम पूर्वमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । बाँफिकोट गाउँपलिका ९ की २६ वर्षकी कमला खनालको हत्या आरोपमा उहाँका श्रीमान दिपक खनाल भन्ने दलजित खनाल पक्राउ परेका हुन् ।

गएको शुक्रवार राति आफ्नै कोठामा झुण्डिएको अवस्थामा कमलाको शव फेला परेको थियो ।जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले अनुसन्धानका क्रममा दलजितले घाँटी थिचेर श्रीमतीको हत्या गरेको खुल्न आएको बताउनु भएको छ ।

खनालले रक्सी खाएर श्रीमतीको हत्या गरी सलले झुण्याइ दिएको बयान दिएका प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।जिल्ला अदालत रुकुमबाट १० दिनको म्याद लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

School
टिप्पणीहरू
Loading...