माओवादीमा थारूबाट नौ जना केन्द्रीय सदस्य निर्वाचित
१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट थारुतर्फ ९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
आइतबार महाधिवेशनको बन्दसत्र सञ्चालन भइरहेको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नौ जनाको नाम घोषणा गरेका हुन् ।
थारु पुरुष (३)
सन्तकुमार चौधरी,
हरिनारायण चौधरी,
देवीलाल चौधरी
थारु युवा (१)
अमनलाल मोदी थारु
थारु महिला (५)
रुपा चौधरी,
अञ्जना चौधरी,
अञ्जु चौधरी,
दीपा चौधरी,
कृष्णा चौधरी
