Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

अस्नाबाबा मन्दिरको शिलान्यास

0

पहलमानपुर, १७ पौष ।। कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १२ नक्फोडुवामा शुक्रवार अस्नाबाबा मन्दिरको शिलान्यास गरिएको छ । घोडाघोडी नगरपालिकाको ७ लाख आर्थिक सहयोगमा निर्माण हुन लागेको मन्दिरको शिलान्यास नगर उपप्रमुख प्रेमकुमारी थापाले गरेकि हुन् ।

उद्घाट्न कार्यक्रममा घोडाघोडी नगरपालिका वडा नं. १२ का अध्यक्ष पर्ना कुमार चौधरी, वडा सदस्य चन्द्र्रा चौधरी लगायत स्थानिय बुद्धिजिवी, समाजसेविहरुको उपस्तिथी रहेको थियो । अस्नाबाबामा मन्दिर बन्न लागेको भन्दै स्थानिय हर्षित भएका छन् ।

‘यहाँ मन्दिर छैन् तैपनि धेरै टाढा टाढाबाट दर्शनार्थीहरु आउनु हुन्छ, अब हाम्रो स्थानिय सरकारको पहलमा मन्दिर बनेपछि झनै यो स्थानको गरिमा बढ्ने स्थानिय युवा तुफान राजवंशीले बताए ।’ उनि भन्छन् समयमै मन्दिर निर्माणको काम सम्पन्न होस् ।

अस्ना बाबा घोडाघोडी नगरपालिका वडा नं. १२ र आसपासका थारु समुदायको प्रमुख आस्थाको केन्द्र रहेको छ । यस क्षेत्रमा थारु समुदायले आफ्नो नवबर्ष माघेसंक्रान्तीको अवसरमा हरेक बर्ष विशेष कार्यक्रमको आयोजना गर्ने गर्दछन् ।

School
टिप्पणीहरू
Loading...