Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सन नेपाल लाइफले निकट भविष्यमा सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने

0

काठमाडौं। १४ पौष ।। सन नेपाल लाइफले सङ्खुवासभाको खाँदबारी, चैनपुर, भोजपुर, तेह्रथुमको बसन्तपुर तथा धनकुटा कार्यालयहरूमा बीमा जागरण अभियान चलाएको छ । उक्त कार्यक्रममार्फत कम्पनीले उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरेको छ । 

कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बीमाको महत्व र दावी भुक्तानी कसरी गर्ने तथा जनमानसमा बीमाको प्रभावकारिता कसरी विस्तार गर्ने भन्ने सम्बन्धमा प्रशिक्षण समेत दिइएको थियो । उक्त कार्यक्रमहरुको संयोजन बिर्तामोड शाखाको शाखा प्रबन्धक तुलसीनाथ पौडेलले गरेका थिए ।

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण शेयर समेत निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । 

School
टिप्पणीहरू
Loading...