कैलालीकाे लाैसामा कठरिया समुदायकाे बृहत् भेला हुने
टिआर कठरिया, १३ पाैष ।। कैलाली जिल्लाकाे कैलारी गाउँपालिका वडा नं. ८ लाैसामा कठरिया समुदायकाे बृहत् भेला हुने भएकाे छ । यहि पाैष महिनाकाे १७ गते शनिवारका दिन कठरिया समुदाय संग सम्बन्धित विभिन्न विषयमा छलफल गर्ने उदेश्यले भेला हुन लागेकाे हाे ।
भाषा, संस्कृति र माैलिक पहिचान छुट्टै भएतापनि राज्यको उदासिनताका कारण याे समुदाय सधैं ओझेलमा पर्दै गएकाे कठरिया बुद्धिजीवीहरु बताउँदै आएका छन् । ‘राज्यले कहिल्यै पनि कठरिया थारुहरुलाई सम्बाेधन गर्न सकेकाे छैन् त्यसैले अब अरुकाे मुख ताक्नु भन्दा आफै जागरुक भई केहि ठाेस कदम चाल्न छलफलकाे आयाेजना गरिएकाे लाैसाका युवा समाजसेवी लाैटन कठरियाले बताए ।
‘ उनि भन्छन् कुनै विषयमा हाम्राे पनि कमजाेरी छ, त्यस्ता विषयलाई समयमै सुधार गर्नु आजकाे आवश्यकता हाे । साे भेलामा कठरिया समुदायले बर्सेनी आयाेजना गर्दै आएकाे हाेरी उत्सब, कठरिया समुदायकाे संगठन सुदृढीकरण, भाषा, संस्कृति र माैलिकता संरक्षण लगायतका बिषयमा छलफल हुने बताईएकाे छ ।
कठरिया समुदायकाे प्रमुख बासाेबास रहेकाे लाैसा गाउँबासीकाे सक्रियता तथा स्थानिय युवाहरुकाे अगुवाईमा हुन लागेकाे कार्यक्रममा कैलाली तथा छिमेकी भारतमा रहेका कठरियाहरुकाे सहभागिता रहने बताईएकाे छ ।
