प्रचण्डको दस्तावेज : पूँजीवाद होइन, जनताप्रति उत्तरदायी भएर समाजवाद न्मुख !
काठमाडौं , १२ पौष ।। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा दस्तावेज पेश गरेका छन्।
बन्दसत्रमा २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको दस्तावेज दुई घण्टा १५ मिनेट समय लगाएर पेश गरे।
अध्यक्ष प्रचण्डले बन्दसत्रमा पेश गरेको दस्तावेजमा सर्वहारा वर्गप्रति प्रतिबद्ध भएर समाजवादको लक्ष्य पूरा गर्ने कुरा उल्लेख भएको प्रवक्ता कृष्णबहादुर महराले बताए।
बन्द सत्रपछि प्रवक्ता महराले भने, ‘कम्युनिष्ट पार्टी भएकाले मार्क्सवाद, लेनिनवाद र माओवादको सिद्धान्तअनुसार क्रान्ति गर्ने, व्यवस्थित र निरन्तर रुपमा क्रान्ति गर्ने, श्रमिक जनताप्रति सबै विश्लेषणको आधारमा जनतालाई नै प्राथामिकता राखेर जवाफदेहीता हुने कुरामा प्रतिनिधित्व गरेको छ।’
प्रतिवेदनमा जनतामा जाने, संगठन निर्माण गर्ने, पार्टी र जनवर्गीय संगठन निर्माण गरेर जनाधार तयार पार्ने कुरासमेत समेटिएको उनले बताए। समाजवादप्रति प्रतिबद्ध भएर अहिले पूँजीवाद नभएर समाजवाद सम्भव छ भन्ने कुरा समेत उल्लेख रहेको बताए।
प्रतिवेदनको सारमा सर्वहारा वर्गप्रति प्रतिबद्ध, निरन्तर र व्यवस्थित क्रान्ति, राष्टिय स्वाधिनता, जनताप्रति उत्तरदायी भएर समाजवादउन्मुख हुने कुरालाई प्राथमिकता दिएको छ।
अध्यक्ष प्रचण्डको दस्तावेजमाथि भोलि प्रतिनिधिहरुको छलफल भएपछि आएको निष्कर्षलाई समेटेर पुस्तक छापेर मात्रै वितरण गरिने प्रवक्ता महराले बताए।
