Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सुदूरपश्चिमका ११ विमानस्थलका लागि अर्बौं बजेट विनियोजन

0

काठमाडौं, १२ पौष ।। सुदूरपश्चिमका नौवटै जिल्लाका विमानस्थलका लागि अर्बौं बजेट विनियोजन गरिएको छ।

कैलालीको गेटा र टीकापुर, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर र कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा तथा डोटीको दिपायल विमानस्थलका लागि बजेट विनियोजन गरिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा गेटा विमानस्थलका लागि एक अर्ब, टीकापुरका लागि दुई करोड, अछामको साँफेबगर र कमलबजार विमानस्थलका लागि  ६ करोड, कञ्चनपुरको मझगाउँ विमानस्थलका लागि दुई करोड ५१ लाख ३२ हजार ७४३.३६ रुपैयाँ विनियाेजन गरिएकाे छ।

बैतडीको पाटन विमानस्थलका लागि एक करोड ५० लाख ४४ हजार २४७.७८, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि दुई करोड ६५ लाख ४८ हजार ६७२.५६, बझाङ विमानस्थलका लागि १२ लाख ९९ हजार २००, बाजुरा विमानस्थलका लागि १८ लाख ७६ हजार ३००, डडेल्धुरा विमानस्थल सम्भाव्यता अध्ययनका लागि ५० लाख तथा डोटी विमानस्थलको २५० मिटर धावनमार्ग थप गर्न, टर्मिनल टावर निर्माण र जग्गा अधिग्रहणका लागि १८ करोड ६१ लाख ४७ हजार १०० विनियोजन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ।

269872944 1357223354713758 5609038074715210617 n 2Zw3vZp8Iq
School
टिप्पणीहरू
Loading...