Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै, राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिने

0

काठमाडौं, ११ पौष ।। नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ। आज बिहान ८ बजे बस्ने गरी बैठक बोलाइएको छ।

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय उक्त केन्द्रीय कमिटीबाट हुने एक नेताले बताए । आजदेखि पुस १३ गतेसम्म काठमाडौंमा माओवादीको राष्ट्रिय सम्मेलन छ। यो सम्मेलनलाई नै महाधिवेशनमा परिणत गर्नेबारे छलफल भइरहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए ।

शनिबार साँझ बसेको स्थायी कमिटी बैठकले पनि सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले त्यसलाई महाधिवेशनमा परिणत गर्न लागिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

देशभरि नेतृत्व चयनको प्रक्रिया उत्साहजनक रुपमा सम्पन्न भएको आधारमा यसलाई महाधिवेशन भने पनि हुने निष्कर्षमा आफू पुगेको अध्यक्ष प्रचण्डले शनिबार बताएका थिए । २०६९ सालमा माओवादीले आफ्नो सातौं महाधिवशेन हेटौंडामा सम्पन्न गरेको थियो।

School
टिप्पणीहरू
Loading...