फाेनिज कैलालीको अध्यक्षमा राम चाैधरी
धनगढी, १० पाैष ।। नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फाेनिज) कैलालीको अध्यक्षमा राम चाैधरी (कैलारी अनलाइन) निर्बिराेध चयन भएका छन् । फाेनिज कैलालीकाे शनिवार धनगढीमा सम्पन्न चाैथाे अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे । साे समितिकाे उपाध्यक्षमा गीता चाैधरी (टिकापुर एफएम), सचिवमा सागर कुश्मी (हर्चाली साहित्यिक), सहसचिव अनिता चाैधरी (पहुरा दैनिक) र काेषाध्यक्षमा प्रेम चाैधरी (पहुरा अनलाइन) रहेका छन् ।
स्वरुप चाैधरी (घाेडाघाेडी एफएम), बनवारी राना (बाबा टेलिभिजन), मनिषा थारु (हर्चाली साप्ताहिक), कन्चन चाैधरी (हर्चाली साप्ताहिक), प्रविन चाैधरी (कैलारी पाेष्ट), दिनेश राना (रानाथारु डटकम), राम प्रसाद चाैधरी र खडक चाैधरी (जाेशीपुर साप्ताहिक) रहेका छन् ।
फाेनिज कैलाली अध्यक्ष राम लखन चाैधरीकाे सभापतित्वमा भएकाे कार्यक्रमका प्रमुख अतिथी कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चाैधरी रहेका थिए । साे पत्रकार संगठनका कार्यसमिति सदस्य गीता चाैधरीकाे स्वागत मन्तब्य संगै भएकाे कार्यक्रमकाे संचालन सचिव राम दहितले गरेका थिए ।
यसैवीच फोनिज कैलालीले नेपालको एक मात्र थारु भाषाको दैनिक पत्रिका पहुरा थारु दैनिकलाई १ दर्जन कुर्सी हस्तान्तरण गरेको छ । फाेनिज कैलालीमा ४९ जना आदिवासी जनजाति पत्रकारहरु आवद्ध छन् ।
