Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

टीकापुरमा जिबन उपयोगी सिप र आत्म रक्षा सम्बन्धि तालिम सम्पन्न

0

कैलाली, ८ पौष ।। टीकापुरमा जिबन उपयोगी सिप र आत्म रक्षा सम्बन्धि १३ दिने रुपान्तरण तालिम सम्पन्न भ‌एको छ। बाल कल्याण संघ टीकापुर र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको संयुक्त आयोजनामा संचालन भईरहेको एकिकृत बाल संरक्षण परियोजना अन्तर्गत रुपान्तरण तालिम कैलालिका ५ वटा पालिकाका किशोर किशोरीहरूलाई समाबेश गरेर सम्पन्न गरिएको हो।

कैलालीको टीकापुर, भजनी, घोडाघोडी, गौरीगंगा र कैलारी गा.पा मा रुपान्तरण मोडलमा परियजना संचालन भैरहेको छ। स्थानिय पालिकाहरुको समन्वयमा बाल कल्याण संघले साथि शिक्षकहरु छनौट गरि रुपान्तरण कक्षाहरु संचालन गर्दै आईरहेको छ। तालिम प्राप्त साथि शिक्षकहरुले समुदायका किशोर किशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार, जिबन उपयोगि सिप, नागरिक सहभागिता, आत्म रक्षा सम्बन्धि कक्षाहरु संचालन गर्नेछन।

किशोरावस्थामा आउने विभिन्न शारीरिक, मानसिक, बौद्धिक र सामाजिक परिवर्तनहरूलाई बुझ्न नसक्दा र यस्ता परिवर्तनहरूमा अभिभावकहरूको उचित साथ र सहयोग नपाउँदा किशोर किशोरीले विभिन्न जोखिमपूर्ण र संवेदनशील परिस्थितिको सामना गर्न बाध्य हुनुपरिरहेको छ भने अर्कातिर, समाजमा विद्यमान गलत धारणा, परम्परा, मूल्यमान्यता र सोचाइले किशोर किशोरीको समग्र विकासमा असर पुर्याएको पाइएको छ ।

यिनै चुनौतीहरूलाई मध्यनजर गरी नेपाल सरकारले किशोरकिशोरीको समग्र विकासका निम्ति आवश्यक सवालहरूलाई सम्बोधन गर्दै उनीहरूको अधिकारको संरक्षण र सम्बर्धनका लागि “किशोर किशोरीको समग्र विकासका लागि राष्ट्रिय कार्ययोजना २०७०/७१–२०७४/७५” तयार गरी, सो कार्ययोजनाको कार्यान्वयन अगाडि बढाएको छ।

उक्त कार्ययोजनामा समावेश गरिएका विभिन्न सवालहरूमा किशोरकिशोरीको ज्ञान र सिप अभिवृद्धि गर्ने उद्देश्य अनुरुप “रूपान्तरण” तालिम पुस्तिका तयार गरिएको र सोहि अनुरुप बाल कल्याण संघ टीकापुर र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालले उक्त कार्यक्रम संचाल गर्दै आईरहेको कार्यक्रम अधिकृत पदमराज भट्टले बताउनु भयो।

tikapur 2
School
टिप्पणीहरू
Loading...