Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलारी गाउँपालिका साक्षर पालिका घोषणा

0

कैलाली, ७ पौष ।। थारु समुदायको बाहुल्यता रहेको कैलालीको कैलारी गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ ।  साक्षर घोषणाका लागि सो गाउँपालिकाले मापदण्ड पूरा गरेपछि बुधबार हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा एक समारोहको आयोजना गरी साक्षर गाउँपालिका घोषणा गरिएको हो ।

१५ देखि ६० वर्ष उमेर समूहका व्यक्तिको साक्षरता प्रतिशत ९५ पुगेमा साक्षर घोषणा सकिने नेपाल सरकारले मापदण्ड निर्धारण गरेको छ । कैलारी गाउँपालिकामा यो उमेर समूहका व्यक्तिको साक्षरता प्रतिशत ९८.६ पुगेको शिक्षा शाखा प्रमुख गणेशप्रसाद मिश्रले जानकारी दिए ।

कैलालीमा साक्षर बन्ने पालिकामा कैलारी पाँचौ स्थानीय तह को शिक्षा समन्वय समितिका अध्यक्ष समेत रहेका कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा भएको साक्षरता घोषणा कार्यक्रममा प्रदेश सभा सदस्य वीरमान चौधरी प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा उनले कैलारी गाउँपालिकाभित्र चरणवद्ध रुपमा शैक्षिक विकास भइरहेको बताए । गाउँपालिकाभित्र स्मार्ट शिक्षाको सुरुवात भइसकेको उल्लेख गर्दै चौधरीले कोभिड–१९ ले शिक्षा क्षेत्रलाई तहसनहस पारेको धेरै चुनौतीपूर्ण अवस्थामा कैलारी गाउँपालिका साक्षर बनेको बताए ।

School
टिप्पणीहरू
Loading...