Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

विनोद चौधरी मधेसी कोटाबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

0

काठमाडौँ, ६ पुस । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मधेसीतर्फको मत गणना मंगलबार दिउँसो सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार अजय चौरसिया २५२२, विनोद चौधरी २२०६, डा। चन्द्रमोहन यादव २१३८, महेन्द्रकुमार राय १९८४ र दिनेश कुमार यादव १९५९ मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

खर्बपति व्यवसायी चौधरी मधेसी कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । उनी नेपालबाट फोब्सको बिलिनियर सूचीमा पर्ने एकमात्र व्यक्ति हुन् ।

यस्तै केन्द्रीय सदस्यमा विजयी डा. चन्द्र यादव कोइराला प्यानलबाट विजयी हुने एकमात्र उम्मेदवार हुन् । उनी प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा हुन् ।

School
टिप्पणीहरू
Loading...