Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

माओवादी केन्द्र घाेडाघाेडीकाे पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

0

पहलमानपुर, ६ पाैष ।। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) घाेडाघाेडी नगर कमिटीकाे आयाेजनामा साेमवार पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । पार्टीका घाेडाघाेडी नगर अध्यक्ष खगेन्द्र हमालकाे सभापतित्वमा भएकाे कार्यक्रमका प्रमुख अतिथि साे पार्टीका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य बिरमान चाैधरी रहेका थिए ।

नगर कमिटी उपाध्यक्ष गणेश बिष्टकाे स्वागत मन्तब्य संगै सुरु भएकाे कार्यक्रममा घाेडाघाेडी नगरपालिकाबाट प्रतिनिधित्व गरि प्रदेश सदस्य, सल्लाहकार सदस्य र जेष्ठ कम्युनिष्ट सदस्य भएकाहरुलाई बधाई ज्ञापन सहित सम्मान गरिएकाे छ । साथै उक्त कार्यक्रममा जनता समाजवादी कर्णाली प्रदेश सदस्य सर्जन सिंह सुनार,नेकपा (माले) सुदूरपश्चिम प्रदेश सदस्य बल बहादुर बराल, जिल्ला सदस्य शेर बहादुर बि.क, नेपाली कांग्रेस कृयासिल सदस्य सुनिल कुवंर लगायत विभिन्न पार्टी परित्याग गरि दुई दर्जन बढि नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

घाेडाघाेडी नगरपालिकाका भित्रका १२ वटै वडाका नेता, कार्यकर्ता र शुभचिन्तकहरुकाे सहभागितामा भएको कार्यक्रमकाे संचालन नगर पार्टी सचिव भरत बहादुर बिष्टले गरेका थिए ।

School
टिप्पणीहरू
Loading...