Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

अर्जुन दास हत्या प्रकरण : न्यायका लागि बन्यो संघर्ष समिति

0

कैलाली, ५ पौष ।। अर्जुन दासको न्यायका लागि संघर्ष समिति बनाएर बिभिन्न माग राख्दै संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ । घाटी रेटि विभत्स हत्या गरिएका अर्जुन दासका हत्याराहरु अहिले सम्म कानुनी कट्घरामा नभएको भन्दै सम्बन्धित निकायलाई दबाब दिन ललित परियारको संयोजकत्वमा संघर्ष समिति बनाएर बिभिन्न ४ बुदे माग राख्दै संघर्षका कार्यक्रम सार्वजनिक गरिएको हो ।

अपराधीलाई कानुनी कटघरामा ल्याई आजिवन कारवास हुनु पर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति हुनु पर्ने, पिडित परिवारलाई सरकारी रोजगारीको ब्यवस्था हुनु पर्ने, पिडितको बालबालिकालाई उचित शिक्षाको ब्यवस्था हुनु पर्ने, पिडित परिवारलाई सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने लगायतका माग राखेका छन । यदि माग सम्बोधन गर्ने आश्वासन नआए सम्म घटना स्थलबाट शवलाई उठाउन नदिने पिडित परिवारले अडान कायम राखेका छन ।

आज(सोमबार) अपराधीका नाममा किटानी जाहेरी दिने, कैलालीको डुडेझारी अन्तरगत पर्ने पूर्वपश्चिम राजमार्ग अवरुद्ध पर्ने र कानुनी वार्ता गर्ने लगाएतका संघर्षका कार्यक्रम रहेको संघर्ष समितिका संयोजक ललित परियारले जानकारी दिएका छन ।

हत्या हामीले गरेका हौ भन्ने अडियो छ्यापछ्याप्ती सार्वजनिक भई सक्दा पनि प्रहरी प्रशासनले अपराधीलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै पिडित परिवारले आक्रोश ब्यक्त गरेका छन । घटना घटेको ४ दिन भई सक्दा पनि शवलाई घटना स्थलबाट उठाईएको छैन ।

School
टिप्पणीहरू
Loading...