Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सिद्धार्थ सँग ‘योद्धा’ मा दिशा र राशी फाइनल

0

काठमाडौं, ४ पौष ।। बलिउड नायक सिद्धार्थ मल्होत्राको स्टारडम फेरि फर्किएकोे छ । उनले अभिनय गरेकोे चलचित्र ‘शेरशाह’ सुपरहिट भएपछि उनकोे चर्चा फेरि चुलिएको हो । निर्माताले पनि सिद्धार्थलाई एक्सनप्रधान चलचित्रमा अभिनय गराउन थालेका छन् ।

उनै, सिद्धार्थ निर्माता करण जोेहरकोे धर्मा प्रोेडक्शनकोे नयाँ चलचित्र ‘योद्धा’मा काम गर्दैछन् । योे चलचित्रका लागि अब नायिका पनि फाइनल गरिएकोे भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रमा नायिका दिशा पटानी र राशी खन्नाले काम गर्ने पक्का भएकोे हो । योे चलचित्र हलमा सन् २०२२ कोे नोेभेम्ब्र ११ तारिखबाट रिलिज हुने पक्का भएकोे छ ।

निर्माता करण जोहरले ट्विटरमार्फत दिशा र राशीलाई चलचित्रमा स्वागत गरेका छन् । यो चलचित्रलाई सागर अम्ब्रे र पुष्कर ओझाले निर्देशन गर्दैछन् ।

School
टिप्पणीहरू
Loading...