Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

बैतडीमा कोरोनाबाट एक वृद्धको मृत्यु

0

बैतडी,३ पुस । बैतडीमा कोरोनाबाट एक वृद्धको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका १ का ८५ बर्षीय वृद्धको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा शुक्रबार राती मृत्यु भएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।

बिहीबार मात्रै अस्पतालमा भर्ना भएका ती वृद्धमा कोरोना पुष्टि भएको थियो । यो संगै जिल्लामा अहिले सम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड परिपालनामा ध्यान दिन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

School
टिप्पणीहरू
Loading...