Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउन व्यवसायीको माग

0

कञ्चनपुर, २ पौष ।। मझगाउँ विमानस्थल यथाशीघ्र सञ्चालनका लागि कञ्चनपुरका व्यवसायीहरूले माग गरेका छन्। कञ्चनपुर उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डलले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई भेटेर लामो समयदेखि बन्द विमानस्थल सञ्चालनका लागि माग गरेका हुन्।

विमानस्थल सञ्चालनमा ल्याउनका लागि नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता गरी स्थानीय तहले प्रतिवद्धता अनुरुपको रकम जम्मा गरिसक्दा र निर्माण कार्य अगाडि बढाउनका लागि ठेक्का सम्झौता भैसक्दा समेत काम अगाडि नबढेपछि संघको प्रतिनिधिमण्डले मन्त्री आलेलाई बिहीवार मन्त्रालयमा भेटेर ध्यानाकर्षण गरेको छ।

मन्त्री आलेले विमानस्थल सञ्चालनका लागि काम अगाडि बढाउने अश्वासन दिएको संघका अध्यक्ष जंगबहादुर मल्लले बताए। ‘विमानस्थलसँगै कञ्चनपुरका महत्वपूर्ण पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधार निर्माण गर्ने कार्यसँगै पर्यटन प्रर्वद्धनका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेका छौं‚’ उनले भने, ‘निजी क्षेत्रको मागप्रति मन्त्री आलेले सकारात्मक जवाफ दिनुभएको छ।’

ब्रह्मदेव टनकपुर नाकालाई धार्मिक पर्यटन नाकाको रुपमा सञ्चालन गर्न, वनवसाको पुल २४ सै घण्टा सञ्चालनमा ल्याउन समेत माग गरिएको मल्लले बताए। यसैगरी, कञ्चनपुरका धार्मीक पर्यटकीय क्षेत्र लिंगेश्वर महादेव (लिंगा) झिलमिला ताल, , वेदकोट तालको प्रवर्द्धन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको निजी क्षेत्रको सहकार्यमा प्रवर्द्धन गर्नुपर्ने लगायतका माग राखी ज्ञापनपत्र बुझाइएको अध्यक्ष मल्लले जानकारी दिए।

School
टिप्पणीहरू
Loading...