Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

एम्बुलेन्स बेवारिसे अवस्थामा भेटियो

0

कैलाली, २ पौष ।। धनगढीमा रेडक्रस महेन्द्रनगरको एम्बुलेन्स बेवारिसे अवस्थामा छोडिएको भेटिएको छ। धनगढीको राजपुरस्थित माछापोखरी नजिकै रेडक्रस महेन्द्रनगरको म १४५३६ नम्बरको एम्बुलेन्स पल्टिएको अवस्थामा भेटिएको हो।

धनगढीबाट महेन्द्रनगर फर्किँदै गर्दा उक्त एम्बुलेन्स अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। एम्बुलेन्स चालक भने नभेटिएका र उनको परिचय खुल्न बाँकी नै रहेको कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले बताए। उनीबारे विवरण रेडक्रस महेन्द्रनगरको कार्यालयबाट प्राप्त भएपछि अनुसन्धान अगाडि बढाइने प्रवक्ता जोशीले बताए।

School
टिप्पणीहरू
Loading...