Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

छाडाचौपायाका कारण कृषक खेतियोग्य जमिन बाँझो राख्न बाध्य

0

राजेन्द्र कठरिया
पहलमानपुर, २ पौष ।।
छाडाचौपायाहरुले सताउन थालेपछि कैलालीका कृषक खेतियोग्य जमिन बाँझो राख्न बाध्य भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. १० पहलमानपुर बजार वरपर रहेका खेतियोग्य जमिन कृषकहरुले बाँझो छोडेका हुन् ।

बजार नजिकै खेत छ, दिनभरि बजारमा हिंड्डुल गर्ने बस्तुभाउहरु रातभरि नै खेतमा बस्ने गर्दछन् । केहि खान्छन्, केहि कुल्चिन्छन् जसले गर्दा खेतिमा लगानी गरिएको रकम पनि नउठ्ने समस्या छ, त्यसैले आफुले यो सिजनमा गहुँ नछरेको कृषक श्याम नरेश कठरिया बताए । उनले भने ‘आफु त एक्लो मान्छे परियो दिनरात चौपायाहरुको चौकिदारी गर्न सकिंदैन् ।’

हुलका हुल छाडा पशुचौपायाहरु खेतबारीमा लगाईका तरकारी, अन्नवालीहरु सखाप गर्न थालेपछि पहलमानपुर वजार वरपर खेति गर्ने कृषकहरुमा नैराश्यता बढ्दै जान थालेको छ । खेत जोताई, मलखाद, विउविजन, किटनाशक औषधी, सिंचाई लगायतमा महँगो लगानी गरे पनि प्रतिफल सन्तोषजनक नआउन थालेपछि सो क्षेत्रका कृषकहरु निराश भएका हुन् ।

‘खेतलाई बाँझो छोड्न मनले नमानेर मैले २, ३ बर्ष यो खेतमा कहिले तोरी, मसुरो, कहिले गहुँ छरेर हेरि सकें’ खेत तिर हात देखाउँदै कृषक नारायण भण्डारीले भने जति दुख गरेर खेती गरे पनि घरमा अन्न भित्र्याउन पाईने हैन् । किन गर्ने खेति, यि गाईगोरुको गौचरण बनाउन ?

उक्त क्षेत्रमा श्याम नरेश कठरिया, राम नरेश कठरिया, विनोद बम, नारायण भण्डारी, खगराज जोशी, धनिराम चौधरी, राजेन्द्र चौधरी, चेतराम कठरिया लगायत दर्जनौ कृषकहरुले लगभग ७ बिगाह बढि खेत खाली छोडेका हुन् । कोहिले धानबाली मात्रै लगाएर र गहुँवाली जोगाउन समस्या भएर छोडेका छन् भने कोहि कुनै पनि बाली नलगाई खेत बाँझो छोडेका हुन् ।

पछिल्लो केहि समय यता छाडाचौपायाहरु ठुलो समस्याको रुपमा देखिन थालेका छन् । यिनिहरुलाई समय मै नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको घोडाघोडी नगरपालिका वडा नं. १० का वडाध्यक्ष भिम बहादुर बमले बताए । आफुले नगर सरकार संग सहकार्य गरि प्रक्रिया अघि बढाउने उनको तर्क छ ।

School
टिप्पणीहरू
Loading...