गौरिगङ्गामा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा प्रदान
मसुरिया, १ पौष ।। कैलालीको गौरीगंगा नगरपालिका वडा न. ९ मा अपाङ्गता भएका व्यक्तिलाई न्यानो सल प्रदान गरिएको छ । अपाङ्गता समन्वय समितिका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा ८१ जना अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो सल वितरण गरिएको थियो ।
कार्यक्रममा वडा नं ९ का अध्यक्ष हरि प्रसाद तिवारी, वडा सदस्य प्रेम ताडी ,वडा सचीव रेखा भण्डारीले न्यानो कपडा ओढाएर अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरेका थिए । घरपरिवारले अपाङ्गता भएका सदस्यलाई आदर सम्मान गरी स्वास्थ्य स्याहार तथा सामाजिक कार्यमा प्रोत्साहन गर्ने विश्वासका साथ वडाका सबै अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरिएको वडा अध्यक्ष तिवारीले बताएका छन् ।
अपङ्गता भएका व्यक्ति लाई चिसो मौसम ओढ्न न्यानो सल वितरण वडा नं.९ कार्यालयले गरेको हो । कार्यक्रममा उपस्थिति भएका अपाङ्गता भएका व्यक्तिहरुले आफुहरुलाई वडाबाट हरेक बर्ष चिसो याममा न्यानो कपडा प्रदान हुँदा घर परिवारबाट आत्मिय सम्मान हुने गरेको राजेन्द्र प्रसाद डगौराले बताउनु भएको छ ।
