Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

नेपाल टेलिकमले सबै पालिका र वडामा इन्टरनेट सेवा विस्तार गर्ने

0

काठमाडौं, १ पौष ।। देशभरका सबै पालिका र वडामा टेलिफोन र ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार हुने भएको छ । यसका लागि सङ्घीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल टेलिकमबीच सम्झौता भएको छ ।

मन्त्रालयको तर्फबाट सहसचिव डाक्टर गोपीकृष्ण खनाल र कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बिहीवार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार नेपाल टेलिकमले सबै पालिका र अन्तगर्तका वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र अन्य सरकारी कार्यालयमा टेलिफोन तथा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउन मन्त्रालयको समन्वयमा योजना तर्जुमा तथा कार्यान्वयन गर्नेछ ।

टेलिकमले पालिकाको वेबसाइट तथा अनलाइन सेवाका लागि प्रयोग हुने ’वेब बेस्ड एप्लिकेशन’ को लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने जनाएको छ ।

त्यसैगरी अहिले भी–स्याटमार्फत भ्वाइस सेवामात्र उपलब्ध भइरहेका अति दुर्गम ठाउँमा दूरसञ्चार सेवा प्रदायकहरू समेतको सहकार्यमा  मोबाइल ब्रोडब्यान्ड सर्भिस लगायतका सेवा सञ्चालन गर्ने÷गराउने सम्झौतामा उल्लेख छ ।

School
टिप्पणीहरू
Loading...