Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

अटो रिक्साका कारण जाम बढेको भन्दै धनगढीमा जोरबिजोर प्रणाली लागू

0

धनगढी,१ पुस ।  धनगढीको मुख्य बजार क्षेत्रमा अटो रिक्साका कारण जाम बढेको भन्दै आज देखि (पुस १) जोरबिजोर प्रणाली लागू गरिएको छ । 

धनगढीको क्याम्पस रोडदेखि चौराहासम्मको मेनरोडमा जोरबिजोर प्रणाली लागू गरिएको जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताए । 

बिहान र बेलुकाको समयमा धनगढीका धेरै जसो स्थानमा जाम लाग्ने, खाली अटो रिक्साहरू समेत सडकमा गुडिरहने भएका कारण ट्राफिक व्यवस्थापनमा निकै समस्या रहेकोले ट्राफिक व्यवस्थापन व्यवस्थित गर्नका लागि जोरबिजोर प्रणाली लागू गर्न बाध्य भएको प्रहरी निरीक्षक सिंहले बताए ।

उनले धनगढी उपमहानगरपालिकाको आग्रह र स्थानीयहरूको जनगुनासो समेत व्यापक बढ्न थालेपछि व्यवस्थापन गर्न लागेको बताए ।

School
टिप्पणीहरू
Loading...