पहलमानपुर, १४ चैत ।। कैलालीको घाेडाघाेडी नगरपालिका वडा नं. १ सुखडमा घाेडाघाेडी साँगितिक उत्सव २०८० हुने भएकाे छ । आभार सञ्चार कम्पनी प्रा. ली. काे आयाेजनामा बैशाख ७ गते देखि १० गते सम्म उत्सव हुन लागेकाे हाे ।
मंगलवार पत्रकार सम्मेलन गरि आयाेजकले पर्यटकीय क्षेत्रका रुपमा रहेको घोडाघोडी तालको प्रचारप्रसार र सामाजिक उत्तरदायित्व वहनका लागी उत्सव गर्न लागिएको बताएकाे छ ।
सुखड स्थित हेलिप्याडमा आयाेजना हुन लागेकाे उत्सवमा चर्चित नायक पल शाह, पुष्पा खड्का, गायिका एलिना चौहान, गायक बादल थापा, टंक तिमिल्सेना र हेम राज थापाको प्रस्तुति रहने आयाेजक आभार संचार कम्पनी प्रा.ली. का प्रबन्ध निर्देशक तथा कार्यक्रम संयाेजक प्रकाश मिश्रले बताए ।
यस्तै साे उत्सवमा स्थानिय डान्स एकेडेमीहरुका नृत्य प्रस्तुत गरिनुका साथै विभिन्न जातजातीहरुका साँस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिने आयाेजकले जनाएकाे छ ।