Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलाली बहुमुखी क्याम्पसको स्ववियु सभापति जित्ने पवन सुनारको दाबी

0 274

कैलाली, ७ चैत।। कैलाली बहुमुखी क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन हुँदै छ । विभिन्न विद्यार्थी संगठनदेखि स्वतन्त्र पनि चुनावी मैदानमा छ्न् । सभापति पदमा राजनीतिक दलका भातृ संगठन र स्वतन्त्र गरि ७ जना चुनावी प्रतिस्पर्धामा छन् ।

विद्यार्थीको हक हितका एजेन्डासहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छ्न् । जित्नेमा पनि उम्मेदवारहरुका आ-आफ्नै दाबी छ्न् । सभापतिका लागि अखिल (क्रान्तिकारी) बाट उम्मेदवार बनेका पवन सुनार आफूले चुनाव जित्नेमा कुनै संका नरहेको दाबी गर्छन् । उनले भने माओवादी घटकका विद्यार्थी संगठन एक भएर लड्दै छौ,हिजोको भन्दा आज हामी थप बलियो भएका छौँ ।

क्याम्पस का हरेक गतिविधिमा निरन्तर विद्यार्थीसँगै जोडिएर काम गरेकोले सबैले मलाई नै मतदान गर्नु हुन्छ उनले भने क्याम्पसको नियमित विद्यार्थी हु,+2 पनि कैलाली बहुमुखी क्याम्पसबाट अध्ययन गरेको हुनाले विद्यार्थी माझ लोकप्रिय छु,सबैले साथ दिनुहुन्छ भन्नेमा विस्वस्त छु । उनले आफू र आफ्नो प्यानलसहित जित्नेमा ढुक्क रहेको बताए ।

त्यस्तै सभापतिमा अनेरास्ववियुबाट यमराज जोशी, नेपाल विद्यार्थी संघबाट हरिश खत्री, राप्रवि संगठनबाट नविन शाहु,स्वतन्त्र विद्यार्थी समूहबाट विष्णुकुमार साउँद, स्वतन्त्रबाट खगेन्द्र प्रसाद अवस्थी र धुर्वराज न्यौपाने चुनावी प्रतिस्पर्धामा छन् ।

टिप्पणीहरू
Loading...