पहलमानपुर, २७ पाैष ।। कैलाली जिल्लाकाे घाेडाघाेडी नगरपालिका वडा नं. ११ मा रहेकाे महादेव सामुदायिक वन उपभोक्ता समुहकाे अध्यक्षमा लाेकराज भट्टराई चयन भएका छन् । आज भएकाे साे सामुदायिक वनका उपभोक्ताहरुकाे भेलाले भट्टराईकाे नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेकाे हाे ।
जसकाे उपाध्यक्षमा राजमति बाेहरा सचिवमा रामेशंकर कठरिया, सहसचिवमा हिरालाल चाैधरी र काेषाध्यक्षमा रामकुमारी चाैधरी चयन भएका छन् । यस्तै सदस्यहरुमा राखिमाला कठरिया, सुन्दर चाैधरी, जानकी कठरिया, चन्द बहादुर बुढा, गंगाराम बुढा र पुर्णानन्द अवस्थी चयन भएका छन् ।