Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

फाइनल खेलमा जवलपुरलाई हराउँदै सिसैया बन्यो घोडाघोडी ११ स्तरिय फुटवल प्रतियोगिताको विजेता

0 153

पहलमानपुर, २१ पौष ।। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ११ मा जारी वडा स्तरिय फुटवल प्रतियोगिताको उपाधि पहिचान युवा क्लव सिसैयाले हात पारेको छ । बुधवार जोन स्टार युवा क्लव जवलपुरलाई फाइनल खेलमा ० का विरुद्ध ४ गोलको फराकिलो अन्तरले हराउँदै पहिचान युवा क्लव सिसैया खेलको उपाधि जित्न सफल भएको हो ।

पहिचान युवा क्लवका तर्फबाट टिम क्याप्टेन आसुतोष कठरिया, खेलाडि रोहित चौधरी, मिलन चौधरी र रोशन चौधरीले १/१ गोल गरे भने सो खेलका प्रतिस्पर्धी जोन स्टार क्लवले कुनै पनि गोल फर्काउन नसकेपछि सिसैया वडा स्तरिय खेलको विजेता बन्न सफल भएको हो ।

यो सँगै प्रतियोगिताको प्रथम पहिचान युवा क्लव सिसैया, द्धितिय जोन स्टार युवा क्लव जवलपुर र तृतिय दिव्य युवा क्लव तप्पा भएको छ । प्रथम भएको विजेता टिमले नगद १८ हजार रुपैयाँ, मेडल, प्रमाणपत्र, उपविजेता द्धितिय टिमले नगद १० हजार रुपैयाँ, मेडल, प्रमाणपत्र र तृतिय भएको टिमले नगद ५ हजार रुपैयाँ, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

यस्तै खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै वडाको सर्बोत्कृष्ट खेलाडीको रुपमा मोहन रावत, खेल अवधिभर कुनै पनि गोल हुन नदिई उत्कृष्ट खेल प्रर्दशन गरेको भन्दै वडाको सर्बोत्कृष्ट गोलकिपरको रुपमा आकाश कठरिया र सर्बाधिक गोल कर्ताको रुपमा १ भन्दा बढि खेलाडीहरुको बराबरी गोल भएपश्चात ति मध्य थप अनुशासित, उत्कृष्ट खेल प्रर्दशन गर्ने मर्यादित खेलाडी छनौंट गरि रोहित चौधरीलाई ट्रफि, मेडल र प्रमाणपत्रका साथ सम्मानित गरिएको छ । सम्मानित हुने तिनै जना पहिचान युवा क्लव सिसैयाका खेलाडी हुन् ।

सो वडाका १४ वटा टिमको सहभागिता रहेको फुटवल प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय सहित उत्कृष्ट भएका खेलाडीहरुलाई घोडाघोडी नगरपालिकाकी उपप्रमुख गुलिया कुमारी चौधरी, घोडाघोडी ११ का वडा सदस्यहरु उमेश कुश्मी, नवल सिंह रावल, पार्वती कठरिया, ईश्वरा पार्की र वडा सचिव प्रमोद कुश्मीले संयुक्त रुपमा पुरस्कार वितरण गरेका हुन् ।
वडा स्तरिय फुटवल प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै सो कार्यक्रमका प्रमुख अतिथी घोडाघोडी नगरपालिकाकी उपप्रमुख गुलिया कुमारी चौधरीले वडा स्तरिय खेलकुद प्रतियोगिता वडामा लुकेर रहेका प्रतिभाहरुलाई उजागर गराउनका निम्ति अति नै आवश्यक रहेको बताए । वडामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई नगर सम्म पुर्‍याउनु नै उनिहरुको प्रतिभाको सम्मान हुनेछ ।

जसका लागि आफुहरुले मेयर कप फुटवल प्रतियोगिताको छलफल अगाडि बढाएको उनले बताईन् । मेयर कपमा राम्रो खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई थप अगाडिको खेल यात्रा तय गर्नमा हाम्रो साथ, सहयोग र समर्थन रहने उनको भनाई रहेको थियो । खेल राष्ट्रको गौरवका लागि र खेलाडिहरुको स्वास्थ्यका लागि आवश्यक पर्ने भएकाले नगरका खेलाडीहरुलाई अवसर प्रदान गर्न आफुहरु पछाडि नहट्ने उनको तर्क रहेको थियो ।

एकता, सदभाव र अनुशासनका लागि खेल, राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल भन्ने मुलनाराका साथ घोडाघोडी नगरपालिका वडा नं. ११ को आर्थिक सहयोग तथा पहिचान युवा क्लव सिसैयाको आयोजनामा पौष १५ गतेबाट संचालित वडा स्तरिय फुटवल प्रतियोगिता बुधवार सम्पन्न भएको थियो । समापन तथा पुरस्कार वितरण कार्यक्रम पहिचान युवा क्लवका अध्यक्ष टीआर कठरियाको सभापतित्मा भएको थियो भने सो कार्यक्रमको संचालन पुरन चौधरीले गरेका थिए ।

टिप्पणीहरू
Loading...