घोडाघोडीका प्रमुख प्रशासकिय अधिकृतले आयोजना गरेको जाँड पार्टीमा लफडा, वडाध्यक्षले फुटाए टेवल, नगर प्रमुख मुखदर्शक
पहलमानपुर, ११ मंसिर ।। घोडाघोडी नगर पालिकाका प्रमुख प्रशाकिय अधिकृत दिपक आचार्यले आफ्नो सरकारी क्वाटरमा जाँड पार्टी आयोजना गरेका छन् । गएराति मदिरामा मस्त प्रमुख प्रशाकिय अधिकृतले सरकारी क्वाटरमा घोडाघोडीका मेयर खडक रावत, १ का अध्यक्ष घनश्याम ओझा, ४ का अध्यक्ष भरत शाही, ७ का जुगराम चौधरी र १२ का राम दुलारे चौधरी चौधरीलाई बोलाए जाँड पार्टी दिएका थिए ।
क्वाटर नजिकै रहेको माछा घरमा रहेका मेयर सहितका वडाध्यक्ष संग बसेर मापसे गरेका हाकिम र १ का वडाध्यक्ष ओझा बिच त्यही विवाद सुरु भइसकेको थियो । कि तपाईं बस्नुस कि म बस्छु´ त्यही वडाअध्यक्षले भन्नू भएको थियो´ त्यही पार्टीमा रहेका अर्का एक जनाले भने त्यसपछी हाकिम साप जानू भयो ।´माछा घरको पार्टी बाट निस्केर हाकिम सरकारी क्वाटरमा जाँड पार्टी आयोजना गर्न लागे । त्यसपछि आचार्य फेरी माछा घरमा पुगे र सबैलाई आफ्नै क्वाटरमा बस्न आग्रह गरे । हाकिमको निम्तो स्विकार्दै सबै क्वाटर लागे ।
मदिरा सेवन गरिसकेका सबै फेरि सरकारी क्वाटरलाई बार बनाए । त्यहाँ हाकिम र १ का अध्यक्षले बियर खाए । मेयर र ७ का अध्यक्षले भोड्का लिए । अन्य २ अध्यक्षले केही लिएनन् । फेरि हाकिम र १ का अध्यक्षले बीचको घोचपेच सुरु भयो । पुराना असन्तुष्टी, बेमेलका कुरा सबै आउन थाल्यो । यति बेला सम्म हाकिम पुरै झ्याप भइसकेका थिए । उनले १ का अध्यक्षलाई अपशब्द बोल्न थाले। सबैले सम्झाउन थाले हाकिम मानेनन् । `अध्यक्षलाई आफ्नै क्वाटरमा बोलाएर आमाचाकरी गाली गरेपछि उहाँ पनि आक्रोशमा आउनु भयो र टेबलमा खुट्टा बजार्नु भयो । त्यसपछि टेवल फुट्यो´ त्यही रहेका एकले सुनाए ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले पनि नगरपालिकाका कार्यकारी प्रमुख साँझैबाट मदिरामा लट्ठ रहेको बताए । क्वाटरमा नगर पालिकाका प्रमुख र वडा अध्यक्षलाई जाँड पार्टी दिनुभन्दा पहिले प्रमुख प्रशासकीय अधिकृत ईलाका प्रहरी कार्यालय सुखडमा पुगेका थिए । गेटमा पुगेका उनलाई सिपाहीले सम्झाएर पठाएपछि फेरि माछा घर हुँदै आफ्नै क्वाटरमा पार्टी दिन पुगेका थिए । यस विषयमा बुझ्न फोन गर्दा आचार्यको फोन उठेन । नागरपालिका प्रमुख रावतले वडाध्यक्षलाई घोचपेच गरेपछि टेबुल फुटेको बताए ।