Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

मजदुरहरु द्वारा घाेडाघाेडी १० काे वडा कार्यालयमा तालाबन्दी

0 115

पहलमानपुर, ८ मंसिर ।। कैलालीको घोडाघोडी नगरपालिका १० को वडा कार्यालयमा ट्याक्टर व्यवसायी, निर्माण व्यवसायी र मजदुरहरूले तालाबन्दी गरेका छन् । नगरपालिकाले ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा विक्री वितरण यशाशिघ्र खुल्ला गर्नुपर्ने भन्दै उनीहरूले वडामा तालाबन्दी गरेका हुन ।

ढुङ्गा, गिट्टी तथा बालुवा नगरपालिको खुल्ला नगर्दा आफूहरूको रोजी रोटी रोकिएको निर्माण व्यवसायी लक्ष्मी नारायण चाैधरीले बताए । चाँडो भन्दा चाँडो नगरपालिकाले ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा विक्री वितरण गर्नु पर्ने आफुहरुकाे माग रहेको उनले बताए ।

नगरपालिकाले भने ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा विक्री वितरण गर्ने जिम्मा निर्माण कम्पनीले ठेक्का प्रकृया मार्फत पाई सकेको र केही विविध कारणले गर्दा रोकिएको बताएको छ । अबको केही दिन भित्रमा ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा विक्री वितरण गर्ने जनाएको छ ।

टिप्पणीहरू
Loading...