Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

स्वतन्त्र उम्मेदवारी दिएका सापकोटाको समर्थन गठबन्धनलाई

0 37

धनगढी, २८ कार्तिक । कैलाली क्षेत्र नम्बर ४ को प्रदेश सभा क्षेत्र १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भोजराज सापकोटाले आफ्नो उम्मेदवारी निश्क्रिय पारेर बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई सघाउने भएका छन् ।

उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी नेतृत्वको सुझावअनुसार आफ्नो उम्मेदवारी स्थगित गरेर बामलोकतान्त्रिक गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार दीर्घबहादुर सोडारीलाई समर्थन गरेको जनाएका छन् ।

प्रतिगमन विरुद्ध देशैभरि बामलोकतान्त्रिक गठबन्धन भएकोले गठबन्धनलाई सफल बनाउन उम्मेदवारी फिर्ता लिएको सापकोटाले बताए । क्षेत्र नम्बर ४ मा संघतर्फ आफूले बामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका बीरबहादुर बलायरलाई समर्थन गरेको पनि उनले उल्लेख गरेका छन् ।

नेकपा माओवादी केन्द्रबाट टीकट नपाएपछि असन्तुष्ट उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । सापकोटा नेकपा माओवादी केन्द्रको गौरीगंगा नगर कमिटीका उपाध्यक्ष थिए । गठबन्धनविरुद्ध वागी उम्मेदवारी दिएको भन्दै उनलाई माओवादीले यसअघि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

टिप्पणीहरू
Loading...