Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

उत्तर मझरामा आयोजित कठरिया भजहर विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न (फोटो फिचर)

0 279

पहलमानपुर, १३ कार्तिक ।। कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नं. २ उत्तर (कठरिया) मझरामा आयोजित कठरिया थारु भजहर विशेष बृहत साँस्कृतिक तथा सांगितिक प्रदर्शनी कार्यक्रम शनिवार सम्पन्न भएको छ । स्थानिय सरस्वती जनहित युवा क्लबको आयोजनामा संचालित सो कार्यक्रम शनिवार (राती) सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष मोतिराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले आफ्नो भाषा, संस्कृति र मौलिक पहिचानलाई सदैव जोगाएर राख्नुपर्ने बताए ।

थारु समुदाय आफैमा संस्कृतिको धनि समुदाय हो त्यसमा पनि कठरिया थारु समुदायको पनि छुट्टै बोलि भाषा र संस्कार छ त्यसैले अन्य थारु संगसंगै कठरिया थारु समुदायलाई समेत हरेक बिषयमा समेटेर लैजानु पर्ने उनले बताए ।
साथै स्थानिय कलाकारहरुको बिषयमा उनले भने ‘गाउँघरमा धेरै प्रतिभावान कलाकारहरु छन् तर उनिहरु आफ्नो प्रतिभा उजागर गराउने स्थान नपाएर ओझेलमा पर्दै गईरहेका छन् । त्यसैले समय समयमा साँस्कृतिक कार्यक्रमहरु आयोजना गरिनु साकारात्मक बिषय हो ।’

कठरिया थारु समुदायको भजहरको अवसरमा आयोजित कार्यक्रममा गायक रामकुमार कठरिया, गायिक तथा मोडेल सोनु कुश्मी, हाँस्य कलाकार सुरदिन चौधरी लगायत स्थानिय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । सो कार्यक्रमको संचालन राष्ट्रिय उद्घोषक मनोज चौधरी र जिमन उमारले गरेका थिए ।

DSC 0013
DSC 0121
DSC 0022
टिप्पणीहरू
Loading...